बंगलादेशका लागि नेपाली राजदूत भन्छन्– नेपाली विद्यार्थी आत्तिएर स्वदेश फर्किहाल्नुपर्ने अवस्था छैन
काठमाडौँ । बंगलादेशमा आरक्षणको विरोधमा भइरहेको प्रदर्शनका कारण केही नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् भने केही फर्किने क्रममा छन् । तर अहिले बंगलादेशमा अवस्था सामान्य हुँदै गएका कारण त्यसरी आत्तिएर स्वदेश फर्किहाल्नुपर्ने अवस्था नरहेकाे बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बताएका छन् ।
बंगलादेशको अवस्थाबारे राजदूत भण्डारीको भनाइ यस्तो छ-
आन्दोलन जारी रहेका कारण कर्फ्यु त लागेकै छ । इन्टरनेट चलेको छैन । फोन पनि राम्रोसँग चलिरहेको छैन । यद्यपि यहाँको सरकारले केही दिनमा समस्या समाधान हुन्छ भनेको छ ।
हामीले नेपाली विद्यार्थीहरूलाई सावधानी अपनाउनुहोस् भनेका छौँ । उहाँहरूलाई सकेसम्म होस्टेलभित्रै बस्नुस् भनेका छौँ । साथीभाइ भएको ठाउँमा बस्नुहोस्, अत्यावश्यक बाहेकका कामका लागि बाहिर ननिस्किनुहोस् भनेका छौँ ।
नेपाल जानेहरूलाई समेत दूतावासको तर्फबाट सहजीकरण गरेका छौँ । तर, नेपाल गइहाल्नुपर्ने स्थिति छैन । आत्तिएर, डराएर नेपाल गइहाल्नुपर्ने स्थिति छैन । त्यसैले हाम्रो सम्पर्कमा आएकालाई बिस्तारै ठिक हुन्छ, नआत्तिनुस् भनेका छौँ ।
बंगलादेशस्थित नेपाली विद्यार्थीहरू पढ्ने सम्पूर्ण कलेजमा हामीले सम्पर्क गरेका छौँ । विद्यार्थीहरूसँग पनि नियमित सम्पर्कमा छौँ । हालसम्म एक हजार ३०० को हाराहारीमा विद्यार्थीहरू नेपाल फर्किसकेका छन् । अरू विद्यार्थी सहज अवस्थाको पखाईमा छन् । यहाँ भएका विद्यार्थीहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ ।
नेपाल आइसकेका विद्यार्थीहरूको हकमा आफूले पढ्ने कलेजमा जुन दिनबाट कक्षा सुरु हुन्छ, आफैँले समन्वय गरेर आउनुहुन्छ । यो ठुलो विषय नै भएन ।
यहाँको सरकारसँग हामी नियमित सम्पर्कमा छौँ । यहाँको परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसँग नियमित सम्पर्क तथा छलफलमा छौँ । यहाँको डिप्लोमेटसँग नियमित संवादमा छौँ । उहाँहरूसँग नियमित संवाद गरेर यहाँको अवस्थाको बारेमा जानकारी लिएर त्यसको विश्लेषण गरेर विद्यार्थीहरूलाई सूचना दिइरहेका छौँ ।

यहाँको अवस्थाका कारण कलेजहरू बन्द छन् । जसले गर्दा विद्यार्थीहरू आफ्नो हिसाबले नेपाल जान खोज्नुभयो । त्यसलाई हामीले सहजीकरण गरिरहेका छौँ । यहाँ जति पनि हुनुहुन्छ, सबै सुरक्षित नै हुनुहुन्छ । मेडिकल साइन्स लगायतका विषयमा गरेर २ हजार ५०० को हाराहारीमा नेपाली विद्यार्थी छन् । तीमध्ये एक हजार ३०० भन्दा बढी फर्किनुभयो । लामो समय पढाइ नहुने भएकाले उहाँहरू फर्किनुभयो भने केही यतै बसिराख्नुभएको छ ।
विद्यार्थी बाहेक अन्य नेपालीहरूको अवस्था पनि सामान्य छ । उनीहरू नियमित आफ्नो काममा छन् । अरू सबै नेपाली विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्ने हुनुहुन्छ । कतिपय कार्यालय बन्द छन् । जसले गर्दा घरबाटै काम गरिरहेका छन् । उहाँहरूको सुरक्षा खतरा केही छैन । तर पनि दूतावासमा सूचनाका लागि सम्पर्क गर्नुहुन्छ र हामी उहाँहरूलाई सोही अनुसार सेवा दिइरहेका हुन्छौँ ।
(रातोपाटीका लागि कृष्णसिंह धामीले गरेको टेलिफोन कुराकानीका आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण