विभिन्न जिल्लामा करेन्ट लागेर ३ जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ । सर्लाही, रौतहट र पाल्पामा करेन्ट लागेर ३ जनाको मृत्यु भएको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका ६ दशबिघा बस्ने ५० वर्षीया दुखनावती देवी सिंह दनुवारको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नगर अस्पताल बयलबासमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै रौतहटको बौधीमाई नगरपालिका–५ बस्ने ५५ वर्षीय सुनेसर राय यादवको पनि करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता, पाल्पाको बग्नासकाली गाउँपालिका–६ दर्पुक बस्ने ३० वर्षीय विष्णु अधिकारीको पनि करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँमा ट्रान्सफर्मरको फ्युज जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण