विमान दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बुधबार, ०९ साउन २०८१, १५ : ५५

काठमाडौँ । मंगलबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी दिवङ्गत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि आज बिहान ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका थिए ।
‘दुर्घटनामा परी दिवङ्गत हुनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सभापति देउवाले उहाँहरूको आत्माको चीर शान्तिको कामनाका साथ शोकाकुल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलितको घर भत्काएको प्रकरण स् प्रहरी कार्यालयभित्र पञ्चायती, पीडितलाई मिलापत्र गर्न फकाइँदै
-
‘शिक्षा’ शक्तिशाली साधन होः गृहमन्त्री लेखक
-
बाबुराम, सिके र रेशम चौधरी नेतृत्वको पार्टीबिच एकता गर्ने तयारी
-
मजगैयाँको गजल गीत ‘के छ ओइ सान्नानी’मा सुधिर र उषाको अभिनय
-
पर्यटक लोभ्याउँदै लालीगुराँस, तस्बिरहरू
-
बच्चालाई आमाबाबुसँग सुताउने कि अलग्गै ?