बैंकिङ क्षेत्रमा खस्केको आत्मविश्वास जगाउने काम गर्न अर्थमन्त्रीलाई आग्रह
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले समग्र बैंकिङ क्षेत्रमा खस्केको मनोबल र गुमेको आत्मविश्वासलाई उच्च बनाउने पहलकदमीहरू अवलम्बन गर्न अर्थमन्त्री विष्णु पौडेलसँग आग्रह गरेको छ । सीबीफीनका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल नेतृत्वको टोलीले अर्थमन्त्री पौडेलसँग भेटघाट गर्दै सो आग्रह गरेको हो ।
परिसंघको तर्फबाट बधाई तथा शुभकामना ज्ञापन गर्दै अध्यक्ष उपेन्द्र पौडेलले लगानी र व्यवसायमैत्री नीति र वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक सङ्कुचन आएको, वित्तीय संस्थाहरूको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीयरुपमा वृद्धि भएको र पुँजीकोषमा दबाब परेको बताए । उनले बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने र कर्जा नतिर्नका लागि गरिएका दुरुत्साहनका कार्यहरू निरुत्साहित हुन नसकेको, प्रस्तावित बाफियाका केही नीतिगत प्रावधानहरूले बैंकिङ लगानीकर्ताहरूमा व्यापक नैराश्य पैदा गराएको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता र कर्मचारीहरू समेत पलायन हुने क्रम बढेकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराए ।
त्यसै गरी परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पछिल्लो समयमा बैंकिङ क्षेत्रको वास्तविकतालाई नहेरी/नबुझी अथाह कमाएको दुष्प्रचार गर्दै मुलुकको अर्थतन्त्रको आधार स्तम्भ मानिएको बैंकिङ क्षेत्रमाथि चौतर्फी प्रहार भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
परिसंघका कार्यकारी सदस्य लीला प्रकाश सिटौलाले कर्जा र धितोको विषयमा वस्तुगत अध्ययन नै नगरी गैरकार्यकारी भूमिकामा रहने सञ्चालकहरूलाई कागजी जानकारीका आधारमा हिरासतमा लिने प्रवृत्ति बढ्दै जानुले समग्र बैंकिङ क्षेत्र नै भयभीत बनेको उल्लेख गरे ।
भेटमा अर्थमन्त्री पौडेलले सुषुप्त अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र समग्र बैंकिङ क्षेत्रका समस्या एवं चुनौतीहरूको समाधान र अपेक्षाहरूको सम्बोधन लागि सरकारले आवश्यक पहलकदमी लिने जानकारी गराए । सुशासन, विकास र राजनीतिक स्थायित्व कायम गर्दै अर्थतन्त्र तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने र आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहन गर्ने सरकारको प्रमुख प्राथमिकता भएको धारणा राख्दै अर्थमन्त्री पौडेलले बैंकिङ क्षेत्रको विश्वास एवं छविमाथि हानि हुने र बैंकिङ गतिविधि सञ्चालनमा असर पुर्याउने कुनै पनि गतिविधिहरू सरकारलाई क्षम्य नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण