युक्रेनी युद्धमा जाने मस्कोका बासिन्दालाई २२ हजार डलर दिँदैछ रुस
मस्को । रुसको मस्को शहरका अधिकारीहरूले युक्रेनसँगको युद्धमा लड्न जाने स्थानीय बासिन्दालाई कीर्तिमानी रकम बोनस दिने भएको छ । रुसी सेनाको सङ्ख्या बढाउन मस्कोले स्थानीय बासिन्दालाई पैसाको लोभ देखाइरहेको छ ।
युक्रेनमा रुसको युद्ध तेस्रो वर्ष प्रवेश गरेको छ । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धका लागि पर्याप्त लडाकु भर्ना गर्न सकस भइरहेको छ । यस्तोमा मस्कोका मेयर सेर्गे सोब्यानिनले युद्धमा जान तयार स्थानीय बासिन्दालाई सुरुमै १९ लाख रुबल (२२ हजार अमेरिकी डलर) दिने योजना ल्याएका हुन् ।
सो अफर मान्ने व्यक्तिले सेनामा गएको पहिलो वर्षमा ५२ लाख रुबल (५९ हजार ६०० अमेरिकी डलर) पाउनेछन् । युद्धमा लडिरहँदा घाउचोट लागेमा चोटको गम्भीरता हेरेर ५ हजार ६९० डलर देखि ११ हजार ३९० डलरसम्म दिइनेछ ।
युद्धभूमिमा लडिरहेको समयमा मृत्यु भएका सेनाका परिवारलाई ३४ हजार १५० डलर दिइनेछ । युक्रेन युद्धमा रुसका कति सेना मरे भन्ने यकिन तथ्यांक आएको छैन । तर मृत्यु हुने रुसी सेनाको सङ्ख्या उच्च रहेको बताइएको छ । मे र जुनमा मात्रै ७० हजारभन्दा धेरै सेना घाइते भएको वा मरेको अमेरिकी रक्षा मन्त्रालयको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण