स्वदेश फर्किँदै नेपाली महिला क्रिकेट टोली
बिहीबार, १० साउन २०८१, ०६ : ५९
काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किँदै छ ।
श्रीलङ्कामा जारी महिला एसिया कपको समूह चरणबाटै बाहिरिएपछि नेपाली राष्ट्रिय महिला टोली स्वदेश फर्कन लागेको हो ।
समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपाल भारत र पाकिस्तान जस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेर नयाँ अनुभव बटुल्दै स्वदेश फर्किँदै छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली श्रीलंकन एयरलाइन्समार्फत आज दिउँसो सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ ।
इन्दु बर्माको नेतृत्वमा एसिया कप खेल्न श्रीलङ्का पुगेको नेपाली टिमले समूह चरणको पहिलो खेलमा युएईमाथि ६ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले स्तब्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण