विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपण
बिहीबार, १० साउन २०८१, ०७ : ०५

काठमाडौँ । विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबार धुपी, चाँपलगायत १२ प्रजातिका बिरुवा रोपिएका हुन् ।
जिल्ला वन डिभिजन कार्यालय, यामाहा बी फार्म एण्ड योकोहामा सिटी युनिभर्सिटी अफ जापानको समन्वयमा भएको वृक्षारोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, महासमितिका पदाधिकारी र कर्मचारीले बिरुवा रोपेका थिए ।
काठमाडौँ–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले भूक्षय नियन्त्रणमा वृक्षारोपण महत्त्वपूर्ण हुने तथा स्वयम्भू क्षेत्रमा हरियाली कायम गर्न सहयोग पुग्ने बताए।
महासचिव अशोक बुद्धाचार्यले स्वयम्भू चैत्यको रु ५० लाखको लागतमा जीर्णोद्वार सम्पन्न गरिएको जानकारी दिँदै यस क्षेत्रमा आयोजना हुने परम्परागत मेला पर्वलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका आयोजनासँग विद्युत् खरिद सम्झौता गर्दै
-
दाङमा चलचित्र निर्माण कार्यशाला सम्पन्न
-
समलिङ्गी जोडीको पुनर्मिलन, विवाह दर्ता
-
मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध कायम
-
डाक्नेश्वरी नगरपालिकामा स्ट्रीट लाइट खरिदमा अनियमितता
-
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण