मेनपावर व्यवसायी विराटनगरको एक होटेलमा मृत भेटिए
विराटनगर । एक जना मेनपावर व्यवसायी विराटनगरमा मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका-६ घर भएका २८ वर्षीया राजीव फुयाँल आज बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका हुन् ।
होटेलको १०८ नम्बर कोठामा झुन्डिएको अवस्थामा उनको शव भेटिएको छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपीको नेतृत्वको टोली अनुसन्धानको लागि पुगेको छ ।

मृतक फुयाँल लामो समयदेखि मेनपावर सञ्चालन गरेर बसेको बुझिएको छ । उनले बिहीबार भारत हुँदै २५ जना युवालाई डेनमार्क पठाउने भनेर विराटनगर लिएर आएका थिए । उनी विराटनगरको नयाँ गुद्री अगाडि बसेका थिए भने विदेश जाने युवाहरू भने रानी क्षेत्रमा बसेका थिए ।
बिहान युवाहरूसँगै नआएपछि खोज्दै होटेलमा पुग्दा उनी मृत भेटिएका हुन् । एक जना डेनमार्क पठाएबापत उनले ७ लाख लाग्ने बताएका थिए । विदेश पढाउनुभन्दा अगाडि एक जनाबाट डेढ लाख लिएका थिए । बाँकी रकम विदेश पुगेपछि दिने भनिएको मुकेश कुमार पण्डितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
-
पहिलो हाफमा स्पेन पूरै हाबी, अस्ट्रिया विरुद्ध १–० को अग्रता
-
स्पेनले लियो सुरुवाती अग्रता
-
स्पेनले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन्
-
स्पेन र अस्ट्रियाबिचको खेल सुरु, के स्पेनले १६ वर्ष लामो ‘नकआउट’ खडेरी तोड्ला ?
-
युरोपेली डिफेन्डिङ च्याम्पियनलाई अस्ट्रियाको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण