बदशाह कुर्मीलाई मन्त्रीबाट नहटाए आन्दोलनको चेतावनी
काठमाडौँ । बाँके जिल्ला नेपालगञ्जकी निर्मला कुर्मीको हत्यामा आरोपित रहेका सांसद बादसाह कुर्मीलाई लुम्बिनी प्रदेश सरकारले मन्त्री बनाउने निर्णय गरेको प्रति महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले गम्भीर आपत्ति जनाएको छ । यस्तो विवादमा आएको व्यक्तिलाई मन्त्री जस्तो गरिमामय पदमा भएको नियुक्ति तुरुन्तै फिर्ता गरी आरोपितलाई तत्काल पदबाट हटाउनका लागि ओरेकले माग गरेको हो ।
कुनै पनि बहानामा यस्ता अक्षम्य त्रुटिहरू नसच्याइएमा सम्पूर्ण मानव अधिकारकर्मीहरू एकजुट भई यसको विरुद्धमा सडकमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ । हत्याका मुख्य आरोपी रहेका कुर्मीलाई लुम्बिनी प्रदेश मन्त्रीमा नियुक्त गरिनु महिलामाथि हुने जघन्य अपराधको घटनालाई राज्यले कसरी सरलीकरण गर्छ र हिंसाका आरोपितहरूलाई कसरी संरचनागत संरक्षण गरिन्छ भन्ने यो ज्वलन्त उदाहरण भएको केन्द्रले जनाएको छ ।
अध्यक्ष सविता पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्मला हत्याको बारेमा पटकपटक सडक आन्दोलन गरी सरकार र आन्दोलन पक्षबिच असार १० गते चौथो पटक ५ बुँदे सहमति भएको र अभियुक्त भनिएका बादसाह कुर्मीलाई असारको अन्तिममा सम्मानित अदालतमा पेस गर्ने भनेर सहमति गरिएको थियो । हाल सरकार परिवर्तन भई नयाँ सरकारले उक्त मुद्दाको स्वरूप नै परिवर्तन गर्ने उद्देश्यले आरोपित कुर्मीलाई मन्त्रीमा सिफारिस गरिनुले राजनैतिक शक्तिको आडमा बढ्दो दण्डहीनतालाई प्रोत्साहन गरेको प्रस्ट देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण