ताइवानमा नौ जना सवार जहाज डुब्यो
ताइपेई । ताइवानको दक्षिणी तटमा एउटा जहाज डुबेको छ । जेमी नामक ताइफुका कारण नौ जना चालक दलका सदस्य सवार रहेको फू सुन नामक एउटा मालवाहक जहाज डुबेको हो । सो जहाजमा सवार सबै म्यानमारका नागरिक भएको बताइएको छ ।
उद्धारकर्मीहरूले जहाजसँगै डुबेकाहरूको खोजी कार्य तीव्र पारेका छन् । ताइवान ताइफुको चपेटामा आउँदा जहाज दक्षिणी सहर काओसिङको बन्दरगाह नजिक थियो । यही ताइफुका कारण फिलिपिन्समा पनि लगातार पानी पर्दा करिब १ लाख ५० हजार लिटर औद्योगिक इन्धन बोकेको ट्याङ्कर डुबेको थियो ।
फिलिपिन्सको झन्डा बोकेको एमटी टेरा नोभा जहाजका १६ जना चालक दलका सदस्यलाई उद्धार गरिएको र एक जना अझै बेपत्ता रहेको ताइवानी यातायात मन्त्री बाउतिस्ताले बताएका छन् ।
बुधवार ताइवानको पूर्वी तटसँग जेमी ताइफु ठोक्किएको थियो । ताइफुका कारण ताइवानमा तीन जनाको मृत्यु भएको र सयौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । ताइवानको तटमा पुग्नुअघि यो ताइफुले फिलिपिन्समा ८ जनाको ज्यान लिएको थियो । फिलिपिन्समा ताइफुका कारण आएको बाढी र पहिरोमा परेर अहिलेसम्म २२ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण