सौर्य एयरलाइन्स दुर्घटना
अस्पतालले भन्यो– क्याप्टेन शाक्यका तीन वटा करङ भाँच्चिएको छ
बिहीबार, १० साउन २०८१, २३ : ४९
१
काठमाडौँ । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।
क्याप्टेन शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीबार विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी हुन् ।
अस्पतालले शाक्यको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट देखिएको बताएको छ । साथै ढाडको एउटा हड्डीसँगै देब्रे पट्टिको ३ वटा करङ्गहरु भाँचिएको अस्पतालले जनाएको छ ।
अनुहार तथा नाक र आँखाका चोटहरुको उपचार भइसकेको अस्पतालको जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण