एक हजार दरका १३ थान नक्कली नोटसहित दुई जना पक्राउ
काठमाडौँ । प्रहरीले रौतहट जिल्लाको बालचनपुरबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको गोडैता नगरपालिका–८ निवासी ३२ वर्षीय नजरे आलम र सोही स्थानका इमामुल हक दर्जी छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले एक हजार दरका १३ थान नक्कली नोटसहित दुई जनालाई बिहीबार राति पक्राउ परेको हो ।
प्रहरीका अनुसार बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई स्थानीय एक पेट्रोलपम्पबाट नियन्त्रणमा लिइएको हो । मोटरसाइकलमा पेट्रोल हालिरहेको अवस्थामा फेला परेका उनीहरूको मोटरसाइकल चेकजाँच गर्दा सिटकभर मुनि लुकाइराखेको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीको भनाइ छ ।
मोटरसाइकलसहित दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् ।
_hi5JJesyIH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण