फेरि विवादमा मुछिए एल्भिश यादव
नयाँ दिल्ली । भारतीय युट्युबवर र बिग बोस ओटीटी २ का बिजेता एल्भिश यादवको अप्ठ्यारा कम हुने सङ्केत नै छैन । उनी यस अघि नै कोब्रा काण्डमा फसेका थिए । यो मामिलामा उनीसँग सोधपुछ भइरहेको छ । यो मामिला नसल्टिँदै एल्भिस अर्को नयाँ समस्यामा फसेका छन् । उनीमाथि वाराणासीमा उजुरी दर्ता भएको छ ।
फोटोलाई लिएर भयो बवाल
जुलाई २६ मा उनले वाराणाशीको काशी विश्वनाथ मन्दिरमा फोटो खिचेर सामाजिक सञ्जालमा हालेका छन् । उनले जुन ठाउँमा फोटो खिचे त्यो प्रतिबन्धित क्षेत्रमा थियो । त्यहाँ फोटो खिच्न अनुमति छैन ।
एल्भिशको यो फोटो सामाजिक सञ्जालमा सञ्जालमा आउने बित्तिकै जिल्ला मुख्यालयमा रहेको संयुक्त प्रहरी आयुक्तको मुख्यालयमा उजुरी दर्ता भएको छ । यस मामिलामा छानबिन हुने प्रहरीले आश्वासन दिएको छ ।
वाराणशीमा घुम्न गएका एल्भिश बाबा काशी विश्वनाथको दर्शन गर्न गएका थिए । यसै क्रममा उनले स्वर्ण शिखर नजिक फोटो खिचाए । यो तस्बिर सामाजिक सञ्जालमा हालेपछि भाइरल भयो । यो क्षेत्र रेड जोनमा पर्दछ । जहाँ फोटो वा भिडियो खिच्नसमेत कयौँ गतिविधिमा बन्देज लगाइएको छ ।
एल्भिश आपराधिक प्रवृत्तिको व्यक्ति भएको भन्दै उनले बाबा विश्वनाथको मन्दिरमा प्रतिबन्धित क्षेत्रमा कसरी फोटो खिचाए भनेर उजुरीकर्ता वकिल प्रतीक सिंहले प्रश्न गरेका छन् । यो मामिलामाथि छानबिन गरेर कारबाही हुन पर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण