सेयर धितो कर्जामा २० करोडको सीमा हट्नु खुसीको कुरा : शर्मा
शुक्रबार, ११ साउन २०८१, २३ : २१
काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सेयर धितो कर्जामा २० करोडको सीमा हटाइएको प्रति खुसी व्यक्त गरेका छन् । शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत मौद्रिक नीतिमार्फत सरकारले सेयर धितो कर्जाको २० करोडको सीमा हटाएकोप्रति खुसी व्यक्त गरेका हुन् ।
उनले भनेका छन् : ‘जतिवेला शेयर बजार प्रभावकारी रूपमा काम गरिरहेको थियो र नेप्से ३२ सयभन्दा माथि थियो । राष्ट्र बैंकले शेयर धितोमा १२ करोडको सीमा लगाएका कारण शेयर बजार ओरालो धकेलियो त्यसको शिक्षा समेत लिई २० करोडको सीमा हटाइएको कुराप्रति खुसी व्यक्त गर्दै धन्यवाद भन्न चाहन्छु । विज्ञताको मर्म बुझे मैले ।’
नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको थियो । बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा २० करोडको सीमा हटाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण