बस खोज्न प्रयोग गरिएको २० केजीको चुम्बक त्रिशूलीमा हरायो
काठमाडौँ । त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स गाडी खोज्न प्रयोग गरिएको २० केजीको चुम्बक हराएको छ । खोजको क्रममा चुम्बक त्रिशूलीमा हराएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए ।
भारतीय प्राविधिकहरूले बस खोज्न २० र ४० केजीको चुम्बक प्रयोग गरेका हुन् । शनिवार साँझ चितवनको भरतपुर महानगरपालिका–२९ स्थित केराबारीमा बसजस्तै आकृतिको बस्तु देखिएको तर, गोताखोर पुगेर हेर्दा बस नभएको पुष्टि भएको छ । त्रिशूलीको बिच भागमा देखिएको बस्तु बस नभएको डीआईजी केसीले जानकारी दिए । उनले भने– ‘स्थानीयले बस हुनसक्ने भनेर खबर गरेका थिए तर, त्यो पुष्टि भएन ।’
असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स हालसम्म बेपत्ता छन् । दुवै बस त्रिशूलीमा खसेका थिए । बसमा सवार २५ जनाको शव भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण