फिल्म सम्बद्ध सङ्घसंस्थालाई 'बुलाकी' ज्ञापन पत्र
काठमाडौँ । साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'बुलाकी' निर्माण टिमले चलचित्र सम्बद्ध विभिन्न सङ्घ संस्थालाई ज्ञापनपत्र बुझाउँदै सहयोगको लागि आह्वान गरेको छ । नेपाली समाजको वास्तविक एवम् मौलिक कथा उठान गरेको चलचित्रको प्रदर्शनमा सहजता खोज्दै ज्ञापनपत्र प्रदान गरिएको हो ।
निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माता तथा कलाकार बिराज विष्टले चलचित्र विकास बोर्ड, चलचित्र निर्माता सङ्घ, चलचित्र सङ्घ लगायतका सङ्घ संस्थाको कार्यालयमा पुगेर सहयोगको अपिल गरेका हुन् ।
`देशको आफ्नै समाजको मौलिक कथा उठान गरेको 'बुलाकी'लाई नेपाल र विश्वभरी छरिएका नेपाली दर्शकहरू नजिक पुर्याउनुपर्छ र पुग्नुपर्छ, हरेक नेपालीले हेर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ । साउन ३२ गते रिलिज हुने यो चलचित्रलाई धेरै भन्दा धेरै दर्शकमाझ पुग्ने वातावरण बनाउन यहाँहरूको साथ, सहयोग र सद्भावको खाँचो महसुस गरेको छु' विष्टले पत्रमा उल्लेख गरेका छन् ।
निर्माता विष्टले देशको परिवेश र यथार्थता बोकेको फिल्म हेर्नको लागि नजिकको चलचित्र घरमा पुगेर आफ्नो टिमको प्रयासमा हातेमालो गर्न सम्पूर्ण नेपाली दर्शकलाई आह्वान समेत गरेका छन् ।
पश्चिम नेपालमा विद्यमान जारी प्रथाको यथार्थ कथा उठान गरेको चलचित्रले यो बीचमा देश तथा विदेशमा सम्पन्न विभिन्न ख्यातीप्राप्त अवार्ड तथा चलचित्र महोत्सवहरूमा उत्कृष्ट चुनिँदै आफ्नो अब्बलता प्रस्तुत गरिसकेको छ । नेपाल सरकारबाट विशेष चलचित्रको अवार्ड प्राप्त गरेको 'बुलाकी'मा सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट, सरस्वती खत्री लगायतको अभिनय छ । लक्ष्मण सुनार फिल्मका निर्देशक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण