वैदेशिक रोजगारी : रोजाइमा मलेसिया र खाडी राष्ट्र
काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाहरुले मलेसिया र खाडी राष्ट्र नै पहिलो प्राथमिकतामा राखेको पाइएको छ ।
मलेसिया र खाडीका मुलुकहरूका अतिरिक्त माल्टा, सिगापुर, दक्षिण कोरिया, जापान, इजरायल र बेलायतलगायतका मुलुकहरूका लागि श्रम स्वीकृतिको व्यवस्था भएपनि युवाहरुले खाडीलाई पहिलो प्राथमिकतामा राखेको तथ्यांकले देखाएको छ ।
वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०८०–८१ मा विदेश जानका लागि कुल सात लाख ४१ हजार दुई सय ९७ वटा श्रम स्वीकृति वितरण गरेको जनाएको छ ।
रहरले भन्दा पनि बाध्यताका कारण मलेसिया र खाडी राष्ट्रमा काम गर्न जानुपर्ने बाध्यताका कारण ती मुलुकमा जान श्रम स्वीकृति लिनेको संख्या उच्च देखिएको विभागले जनाएको हो ।
वितरण गरिएको श्रम स्वीकृतिमध्ये करिब ८० प्रतिशतभन्दा बढी मलेसिया र खाडीका छवटा राष्ट्र साउदी अरेबिया, संयुक्त अरब इमिरेटस (यूएई), कतार, कुवेत, ओमान र बहराइनमा काम गर्न दिइएको विभागले जनाएको छ ।
मलेसियाका लागि एक लाख तीन हजार चार सय ४२ जना जसमा पुरुष एक लाख एक हजार र महिला दुई हजार चार सय ४२०, साउदीका लागि एक लाख ४१ हजार पाँच सय दुईमध्ये पुरुष एक लाख ४० हजार छ सय ६६ र महिला आठ सय ३६०, यूएईका लागि एक लाख ९३ हजार चार सय ३८ जना जसमा पुरुष एक लाख ६६ हजार चार र महिला २७ हजार चार सय ३४०, कतारका लागि एक लाख ३४ हजार छ सय ६९ जना, जसमा पुरुष एक लाख २३ हजार आठ सय ५४ र महिला १० हजार आठ सय १५०, कुवेतका लागि ४० हजार तीन सय ६८ जसमा पुरुष ३० हजार दुई सय ९३ र महिला १० हजार ७५०, ओमनाका लागि पाँच हजार नौ सय १० जसमा पुरुष चार हजार छ सय सात र महिला एक हजार तीन सय तीन र बहराइनका लागि नौ हजार आठ सय छ जनामध्ये पुरुष आठ हजार छ सय ५४ र महिला एक
हजार एक सय ५२० श्रम स्वीकृति वितरण गरिएको छ ।
समीक्षा अवधिमा सबैभन्दा बढी संस्थागत, पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति वितरण गरिएको छ ।
विदेश जानेमध्ये २ लाख ८१ हजार १९५ भने बिदामा नेपाल आएर पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण