विश्वप्रकाशलाई हरिको चुनौती : डीआईजी केसीको बारेमा बोल्न सक्नुहुन्छ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई डीआईजी मनोज केसीको सरुवाको विषयमा संसद्मा बोल्न चुनौती दिएका छन् । यसअघिको सरकारले प्रहरीको सरुवा गर्दा संसद्मा शर्माले प्रश्न गरेको भन्दै यसपटक पनि केसीको सरुवाबारे प्रश्न गर्न भनेका हुन् ।
संसद्को आकस्मिक समयमा बोल्दै ढकालले भने, ‘एक अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीलाई कसरी सरुवा गरियो, विश्वासको मत लिएको दुई दिनभित्रमा । के उद्देश्यका लागि ? हामीले सरकार गठन गर्दा जुन उद्देश्यले सरकार गठन गरेको थियो भनेका थियौँ, त्यसै उद्देश्यका लागि सरुवा गरिएको छ ।’
उनले थपे, ‘कांग्रेसका महामन्त्रीज्यूले असार १० गते एउटा पोस्ट गर्नुभएको थियो– इन्स्पेक्टर सरुवाको विषयमा गलत भाष्य साबित गर्नका लागि । म आग्रह गर्न चाहन्छु कांग्रेसका एक महामन्त्रीज्यूलाई डीआईजी मनोज केसीको सरुवाको विषयमा तपाईं बोल्न सक्नुहुन्छ कि हुँदैन यो सदनमा ?’
ढकालले नयाँ गठबन्धन र नयाँ सरकार बन्दै गर्दा आफूहरूलाई यो बन्नुका उद्देश्यहरू थाहा भएको बताउँदै अहिले त्यसका शृङ्खलाहरू देखिन थालेको टिप्पणी गरे ।
उनले भने, ‘सबैभन्दा पहिलो शृङ्खला सरकार गठन पश्चात् मन्त्रीमण्डल बन्दा नै देखिएको थियो । अनुसन्धानको घेरा वरिपरि रहेकाहरूलाई र अनुसन्धान गरिनुपर्नेहरुलाई मन्त्री दिएर पुरस्कृत गरियो । दोस्रो शृङ्खला प्रादेशिक मन्त्रीहरू बनाउँदा देखिएको छ, गुण्डा नाइकेहरू, जेल पुगेकाहरू, अपहरण फिरौती ज्यान मार्ने धम्की, मानवबेचविखन, हातहतियार सम्बन्धी मुद्दा खेपेकाहरूलाई प्रादेशिक मन्त्री बनाइयो ।’ यसैको तेस्रो शृङ्खलामा डीआईजी मनोज केसीको सरुवा भएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण