पेरिस ओलम्पिक : महिला खेलाडीमाथि अमर्यादीत टिप्पणी गरेपछि अप्ठ्यारोमा परे चर्चित कमेन्टेटर

काठमाडौँ । पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा अमर्यादित टिप्पणी गरेको आरोपमा एकजना चर्चित खेलकुद कमेन्टेटरलाई उनको जिम्मेबारीबाट मुक्त गरिएको छ । ती कमेन्टेटरलाई महिला खेलाडीमाथि अमार्यादित टिप्पणी गरेको आरोपमा जिम्मेवारीबाट हटाइएको हो ।
कमेन्टेटर बब बलार्डले स्वर्ण पदक जित्ने अस्ट्रेलियाली महिला पौडी टोलीमा आबद्ध खेलाडीको विषयमा अशोभनीय टिप्पणी गरेका थिए । महिला चार गुना एक सय मिटर फ्रिस्टाइल स्पर्धाको स्वर्ण पदक अस्ट्रेलियन खेलाडीले जितेका थिए । अस्ट्रेलियन खेलाडी स्वर्ण पदक जितेर पौडी पोखरीबाट बाहिरिँदै गर्दा कमेन्टेटर बलार्डले भनेका थिए, ‘खत्तम ! तपाइँहरुलाई थाहा छ, महिलाहरु कस्ता हुन्छन् भनेर ? उनीहरु मेकअप गर्दै र यताउता घुम्नमै मस्त हुन्छन् ।’
कमेन्टेटर बलार्डको त्यो टिप्पणी क्षणभरमै भाइरल बन्न पुगेको थियो । उनको भनाइको ब्यापक आलोचना पनि भएको थियो । आलोचना बढ्दै गएपछि उनलाई जिम्मेबारीबाट मुक्त गरिएको समाचारमा जनाइएको छ । स्वर्ण पदक जित्ने अस्ट्रेलियन टोलीमा मोली ओ’ कालाघन, एमा म्याककोन, मेग ह्यारिस र सायना ज्याक रहेका थिए ।
अस्ट्रेलियन टोलीले अन्तिम चरणको स्पर्धामा अमेरिका र चीनका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेको थियो । अस्ट्रेलियन खेलाडी पौडी पोखरीबाट निस्किएर प्यारापिटमा उपस्थित दर्शकलाई हात हल्लाउँदै अभिवादन गरिरहेका थिए ।
सोही समयमा कमेन्टेटर बलार्डले उक्त टिप्पणी गरेका थिए । बलार्डको प्रतिक्रिया लगत्तै अर्का कमेन्टेटर लिज्जी सिमन्ड्सले उनको टिप्पणीलाई ‘अपमानजनक’ भन्दै आपत्ति जनाएका थिए । सिमन्ड्स बेलायतका पूर्वखेलाडी हुन् । बलार्ड भने लामो समय बीबीसीजस्तो चर्चित सञ्चारगृहमा काम गरिसकेका कमेन्टेटर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु
-
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने
-
बीसीसीआईले कोची टस्कर्सलाई ५३८ करोड भारु क्षतिपूर्ति तिर्नुपर्ने
-
कृषाको ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेलले अभिनय गर्ने
-
सभामुखले गरे प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल
-
अमेरिकामा ६० खेलपछि कस्तो छ मेस्सी र पेलेको कीर्तिमान ?