पेरिस ओलम्पिक : महिला खेलाडीमाथि अमर्यादीत टिप्पणी गरेपछि अप्ठ्यारोमा परे चर्चित कमेन्टेटर
काठमाडौँ । पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा अमर्यादित टिप्पणी गरेको आरोपमा एकजना चर्चित खेलकुद कमेन्टेटरलाई उनको जिम्मेबारीबाट मुक्त गरिएको छ । ती कमेन्टेटरलाई महिला खेलाडीमाथि अमार्यादित टिप्पणी गरेको आरोपमा जिम्मेवारीबाट हटाइएको हो ।
कमेन्टेटर बब बलार्डले स्वर्ण पदक जित्ने अस्ट्रेलियाली महिला पौडी टोलीमा आबद्ध खेलाडीको विषयमा अशोभनीय टिप्पणी गरेका थिए । महिला चार गुना एक सय मिटर फ्रिस्टाइल स्पर्धाको स्वर्ण पदक अस्ट्रेलियन खेलाडीले जितेका थिए । अस्ट्रेलियन खेलाडी स्वर्ण पदक जितेर पौडी पोखरीबाट बाहिरिँदै गर्दा कमेन्टेटर बलार्डले भनेका थिए, ‘खत्तम ! तपाइँहरुलाई थाहा छ, महिलाहरु कस्ता हुन्छन् भनेर ? उनीहरु मेकअप गर्दै र यताउता घुम्नमै मस्त हुन्छन् ।’
कमेन्टेटर बलार्डको त्यो टिप्पणी क्षणभरमै भाइरल बन्न पुगेको थियो । उनको भनाइको ब्यापक आलोचना पनि भएको थियो । आलोचना बढ्दै गएपछि उनलाई जिम्मेबारीबाट मुक्त गरिएको समाचारमा जनाइएको छ । स्वर्ण पदक जित्ने अस्ट्रेलियन टोलीमा मोली ओ’ कालाघन, एमा म्याककोन, मेग ह्यारिस र सायना ज्याक रहेका थिए ।
अस्ट्रेलियन टोलीले अन्तिम चरणको स्पर्धामा अमेरिका र चीनका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेको थियो । अस्ट्रेलियन खेलाडी पौडी पोखरीबाट निस्किएर प्यारापिटमा उपस्थित दर्शकलाई हात हल्लाउँदै अभिवादन गरिरहेका थिए ।
सोही समयमा कमेन्टेटर बलार्डले उक्त टिप्पणी गरेका थिए । बलार्डको प्रतिक्रिया लगत्तै अर्का कमेन्टेटर लिज्जी सिमन्ड्सले उनको टिप्पणीलाई ‘अपमानजनक’ भन्दै आपत्ति जनाएका थिए । सिमन्ड्स बेलायतका पूर्वखेलाडी हुन् । बलार्ड भने लामो समय बीबीसीजस्तो चर्चित सञ्चारगृहमा काम गरिसकेका कमेन्टेटर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण