पेरिस ओलम्पिक : पदक विजेता खेलाडीलाई दिइने रहस्यमयी उपहार बक्सभित्र के छ ?
काठमाडौँ । ओलम्पिक खेलकुदका विजेता खेलाडीलाई पदक प्रदान गरिनु स्वभाविक प्रकृया हो । अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा जस्तै ओलम्पिकमा पनि पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः स्वर्ण, रजत र कास्य पदक प्रदान गरिन्छ ।
अहिले फ्रान्सको राजधानी पेरिसमा विश्व खेलकुदको महाकुम्भ आयोजना भइरहेको छ । तेस्रो दिनको खेल समाप्त हुँदासम्म २५ वटा स्वर्ण पदकको टुंगो पनि लागिसकेको छ । यसपटक ओलम्पिकमा पदक जित्ने खेलाडीलाई पदकसँगै दुईवटा फरक उपहार पनि प्रदान गरिँदैछ ।
खेलाडीलाई पदक प्रदान गर्ने स्थानमै उपहार स्वरुप एउटा रहस्यमयी सानो बक्स पनि दिइन्छ । तर, त्यो बक्सभित्र के उपहार छ त ? धेरैका लागि चासोको विषय बनेको छ । खासमा खेलाडीलाई उपहार प्रदान गरिएको त्यो बक्सभित्र पेरिस ओलम्पिकको आकर्षक पोष्टर रहेको आयोजकले जनाएको छ ।

‘हामीले यसपटक विजेता खेलाडीलाई स्वर्ण, रजत र कांश्य पदकसँगै केही उपहार पनि प्रदान गरिरहेका छौँ । वास्तवमा, त्यो बक्सभित्र पेरिस ओलम्पिकको आकर्षक पोष्टर रहेको छ,’ स्थानीय आयोजक समितिका एक अधिकारीले भनेका छन् ।
खेलाडीलाई प्रदान गरिएको सबै पोष्टर कलाकारहरुले हातले नै बनाएका हुन् । ती पोष्टरमा पेरिस ओलम्पिकको मस्कट, उद्घाटन समारोह स्थलको दृश्य, एफिल टावर, सिन नदीलगायको चित्र समेटिएको छ ।
यसका अतिरिक्त विजेता खेलाडीलाई अर्को एउटा उपहार पनि प्रदान गरिएको छ । पदक जित्ने सबै खेलाडीलाई पेरिस ओलम्पिकको मस्कट पनि उपहार स्वरुप प्रदान गरिएको छ । त्यो मस्कटको पेटमा स्वर्ण, रजत र कांश्य पदकको विशेष प्रकारको स्टिकर टाँसिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण