चोरीको मोटरसाइकलसहित एक जना पक्राउ
मङ्गलबार, १५ साउन २०८१, १३ : ०७
रौतहट । रौतहटबाट चोरीको मोटरसाइकल सहित एकजना मानिस पक्राउ परेका छन्। पक्राउ पर्नेमा माधव नारायण नगरपालिका १ दिपही गाउँका वर्ष २७ का शिवचन्द्र प्रसाद जैसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
चन्द्रपुर नगरपालिका ४ मुस्लिम टोलका २४ वर्षीय हसन सरिफको नाउँमा रहेको प्रदेश २ - ०२८ प ७८३४ नम्बरको उक्त मोटरसाइकल गत साउन ११ गते राती उनको घरैबाट चोरी भएको थियो।
चोरीको भोलिपल्ट सरिफले इलाका प्रहरी कार्यालय चन्द्रनगाहपुरमा दिएको निवेदनको आधारमा जायसवाललाई मोटरसाइकल सहित पक्राउ गरेको हो।
जैसवालमाथि चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण