राज्यका निर्देशक सिद्धान्त सम्बन्धी संसदीय समिति गठन हुँदै
मङ्गलबार, १५ साउन २०८१, १३ : ३५
काठमाडौँ । प्रतिनिधि सभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गठन गर्न लागेको छ । आज बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त समिति गठन गर्ने कार्यसूची रहेको छ ।
संसदका विषयगत समितिमध्ये यो समितिको गठन भएको थिएन । निर्वाचनपछि झन्डै २० महिनापछि यो समिति बन्न लागेको हो । यो समिति बाहेक संघीय संसदमा अन्य १५ वटा समिति २०८० साल वैशाख १५ गते गठन भएका थिए ।
आजको बैठकमा सभामुखले समितिका लागि सदस्यहरूको नाम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यो समिति संयुक्त समिति भएकोले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू यो समितिको सदस्य रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण