थ्रेसहोल्ड बढाउन संविधान संशोधन गरिन्छ : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको बताएका छन् । प्रेस चौतारी दाङले मंगलबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले त्यही व्यवस्थाले गर्दा राजनीतिक अस्थिरता बढेको हुँदा थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने स्पष्ट पारे ।
राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको हुँदा थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने छ’, उनले भने ।
उनले संविधान संशोधन गर्न एक्लै नसकिने भएकाले काँग्रेसको साथ खोजिएको बताए। सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने बताउँदै पोखरेलले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिँडेको पोखरेलले जिकिर गरे । लोकतन्त्रको स्थायित्वका लागि एमाले र काँग्रेसबिच सत्ता सहकार्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण