अहिलेको संघीयताले देशलाई टाट पल्टाउँछ : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकले अहिलेको जस्तो संघीयता धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन् । दुई तहको सरकार भए पुग्ने ठाउँमा अहिलेको जस्तो संघीयताले देशलाई टाट पल्टाउने जिकिर गरेका हुन् ।
पार्टीको काठमाडौँ -६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले साम्यवाद,समाजवाद र पुँजीवादको विकल्प जरुरी भएको बताए । नयाँ वैचारिक दर्शनको आवश्यकता भएकोले सम्बर्द्धनवादलाई अबको मार्गचित्र बनाउनु पर्नेमा थापाको जोड थियो । काङ्ग्रेस,एमाले,माओवादीको विकल्प दिने शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै थापाले जनताको बिचमा जान ढिलाइ गर्न नहुने र सशक्त राप्रपा नेपाल आजको आवश्यकता भएको समेत बताए ।
विदेशी हस्तक्षेप र दबाबबाट आएको प्रणालीले मुलुकको हित हुन नसक्ने भएकोले सबै अट्ने मौलिक व्यवस्थाले मात्र देशलाई निकास दिने स्पष्ट पारे । प्रशिक्षणमा डाक्टर विष्णु भण्डारी , राजाराम बर्तौला "चुनेली" ,राजकुमार खड्का र उज्ज्वल पोखरेल लगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण