पेरिस ओलम्पिक : एलेक्जेन्डर शाहले आफ्नै कीर्तिमानमा सुधार गरे
मङ्गलबार, १५ साउन २०८१, १६ : १५
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले मंगलबार पुरुष एक सय मिटर फ्रिस्टायल स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
उनले निर्धारित दुरी ५१.९१ सेकेन्डमा पुरा गरे । यसअघि पनि उक्त कीर्तिमान एलेक्जेन्डरकै नाममा रहेको थियो । यसअघि उनको नाममा ५२.१७ सेकेन्डको कीर्तिमान थियो । उनले ‘वाइल्र्ड कार्ड’ मार्फत पेरिस ओलम्पिकमा सहभागिता जनाएका हुन् ।
एलेक्जेन्डरले यसअघि जापानको टोकियोमा सम्पन्न ओलम्पिकमा पनि सहभागिता जनाएका थिए । उनले कतारको दोहामा भएको विश्व एक्वाटिक च्याम्पियनसिप र चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण