साहिद अफ्रिदी भन्छन्, ‘हामी धम्कीका बिच पनि भारतमा खेल्छौँ तर, भारत सधैँ बहाना बनाउँछ’
काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको आगामी संस्करण पाकिस्तानमा आयोजना हुँदैछ । प्रतियोगिता सन् २०२५ को फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म सञ्चालन हुने बताइएको छ ।
प्रतियोगिता सुरु हुन लामो समय बाँकी रहे पनि च्याम्पियन्स ट्रफीको विषयलाई लिएर चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिच अहिलेदेखि नै मौखिक युद्द सुरु भइसकेको छ । दुबै राष्ट्रका समर्थकमात्र होइन, खेलाडीसमेत एक–अर्काप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् ।
भारतीय खेलाडी सुरक्षाको कारण देखाउँदे च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान नजाने समाचारहरु आएका छन् । यद्दपि, भारतीय क्रिकेट कन्ट्रोल बार्ड (बीसीसीआई) ले भने औपचारिक रुपमा यस विषयमा केही बताएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार, बीसीसीआईले सुरक्षाको कारण देखाउँदै च्याम्पियन्स ट्रफीमा आफ्ना खेलहरु ‘न्यूट्रल भेन्यू’ मा सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग अनुरोध गरिसकेको छ । यसअघि एसिया कपमा पनि यस्तै स्थिति सृजना भएको थियो ।
बीसीसीआईले सुरक्षाको कारण देखाउँदै एसिया कप खेल्न आफ्नो टोली पाकिस्तान नपठाएपछि भारतको खेल ‘न्यूट्रल भेन्यू’ का रुपमा श्रीलंकामा सारिएको थियो । अहिले च्याम्पियन्स ट्रफीमा पनि त्यस्तै अवस्था सृजना हुने अवस्था देखिएको छ ।
यसैबिच, पाकिस्तानका चर्चित क्रिकेटर साहिद अफ्रिदीले बीसीसीआई र भारतीय खेलाडीले सधैं सुरक्षालाई आफ्नो बहानाको रुपमा प्रयोग गर्दै आएको आरोप लगाएका छन् । अफ्रिदी पाकिस्तानी टोलीका पूर्वकप्तान पनि हुन् ।
‘जस्तो धम्की आए पनि पाकिस्तानी खेलाडी भारतमा खेल्न डराउँदैनन् । धम्कीका बिच पनि हामीले भारतीय भूमिमा थुप्रै प्रतियोगिता खेलेका छौँ । तर, भारतीय खेलाडी जहिले पनि सुरक्षालाई बहानाको रुपमा रुपमा प्रयोग गर्छन्,’ उनले भनेका छन् ।
अफ्रिदीले अप्ठ्यारो स्थितिमा आफूहरुले धेरै पटक भारतीय क्रिकेटलाई सहयोग गरेको पनि बताएका छन् । ‘हामी पाकिस्तानी खेलाडीले बहाना बनाउन जानेका छैनौँ । कठिनभन्दा कठिन अवस्थामा हामी भारतमा गएर खेलेका छौँ । तर, भारतीय पक्षबाट हामीले यस्तो सहयोग कहिल्यै पाएनौँ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनको तुइन खोलामा सुख्खा पहिरो खस्दा सडक एकतर्फी बन्यो
-
लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण