कांग्रेस र एमालेको नयाँ समीकरणले मुलुकलाई स्थायित्व दिन्छः सिटौला
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले कांग्रेस र एमालेको नयाँ समीकरणले मुलुकलाई स्थायित्व दिने दाबी गरेका छन् ।
परिवर्तन अभियान नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले यस्तो दाबी गरेका हुन् । उनले कांग्रेस र एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने भन्दै केपी ओली नेतृत्वको गठबन्धन सरकारमाथि शंका नगर्न आग्रह गरे ।
नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्णसबुज बानियाँले काठमाडौं राजनीतिको क्रिडास्थल बनेको टिप्पणी गरे । गणेशमान सिंहले हातमा आएको प्रधानमन्त्री पद स्वीकार नगरेपछि काठमाडौं पछि परेको उनको भनाइ थियो ।
परिवर्तन अभियान नेपालका अध्यक्ष सुशिल भट्टले अहिलेको युवाहरु दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस नेतृ सिर्जना सिंह, तार्केस्बर नगरपालिका उपप्रमुख सिर्जना बुर्लाकोटी , काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामप्रसाद तिवारीलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा कलाकार सुगम पोख्रेल , प्रकास कटवालले सांगीतिक प्रस्तुती समेत दिएका थिए । साथै सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरु केपि खनाल , अर्मित तिबारी, यादब खनाल , अनुप रोसन स्थापितलाई सम्मान समेत गरिएको थियो ।
परिवर्तन अभियान नेपालले काठमाडौंका विभिन्न स्थानमा विविध किसिमका सामाजिक कामहरु गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण