बेलायतको साउथ पोर्टमा भएको दङ्गामा ३९ जना प्रहरी घाइते

लन्डन । बेलायतको साउथ पोर्टमा भएको एउटा दङ्गामा ३९ जना प्रहरी अधिकारी घाइते भएका छन् । बुधवार डान्स क्लासमा चक्कु प्रहारको घटनामा तीन जना बालिकाको मृत्यु भएको थियो ।
घटनास्थल भन्दा केही पर सो घटनामा परेर मृत्यु भएकाको स्मरण गर्न एउटा कार्यक्रम राखिएको थियो । सो कार्यक्रमलगत्तै भड्किएको दङ्गामा ८ प्रहरी अधिकारी गम्भीर घाइते भएको बताइएको छ ।
अन्यको टाउकोमा घाउचोट लागेको थियो भने कतिको अनुहारमा चोट लागेको थियो । यस क्रममा प्रहरीका तीन कुकुर पनि घाइते भएका छन् । दुई वटा कुकुरमाथि इट्टा प्रहार भएको थियो ।
दङ्गाका क्रममा प्रदर्शनकारीहरूले मस्जिदमा इट्टा प्रहार गरेका थिए । कारहरूमा आगजनी गरिएको प्रहरीले बताएको छ । घटनामा प्रहरीको भ्यानमाथि पनि आगजनी भएको छ । स्थानीय कन्भेनियन्स स्टोरमा पनि क्षति पुर्याइएको छ ।
घाइतेमध्ये २७ जना प्रहरीलाई अस्पताल पुर्याइएको छ । १२ जनालाई भने घटना स्थलमै प्राथमिक उपचार गरेर घर पठाइएको थियो । हार्ट स्ट्रिटस्थित डान्स क्लासमा बालबालिकाहरूमाथि चक्कु प्रहारको घटनामा १७ वर्षको किशोरलाई पक्राउ गरिएको छ । केहीले भने सो घटनालाई इस्लामीहरूसँग जोडेका छन् । तर ती किशोरको इस्लाम धर्मसँग कुनै सम्बन्ध पुष्टि भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
सरकारसँगको सहमतिप्रति स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको आपत्ति
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य