बेलायतको साउथ पोर्टमा भएको दङ्गामा ३९ जना प्रहरी घाइते
लन्डन । बेलायतको साउथ पोर्टमा भएको एउटा दङ्गामा ३९ जना प्रहरी अधिकारी घाइते भएका छन् । बुधवार डान्स क्लासमा चक्कु प्रहारको घटनामा तीन जना बालिकाको मृत्यु भएको थियो ।
घटनास्थल भन्दा केही पर सो घटनामा परेर मृत्यु भएकाको स्मरण गर्न एउटा कार्यक्रम राखिएको थियो । सो कार्यक्रमलगत्तै भड्किएको दङ्गामा ८ प्रहरी अधिकारी गम्भीर घाइते भएको बताइएको छ ।
अन्यको टाउकोमा घाउचोट लागेको थियो भने कतिको अनुहारमा चोट लागेको थियो । यस क्रममा प्रहरीका तीन कुकुर पनि घाइते भएका छन् । दुई वटा कुकुरमाथि इट्टा प्रहार भएको थियो ।
दङ्गाका क्रममा प्रदर्शनकारीहरूले मस्जिदमा इट्टा प्रहार गरेका थिए । कारहरूमा आगजनी गरिएको प्रहरीले बताएको छ । घटनामा प्रहरीको भ्यानमाथि पनि आगजनी भएको छ । स्थानीय कन्भेनियन्स स्टोरमा पनि क्षति पुर्याइएको छ ।
घाइतेमध्ये २७ जना प्रहरीलाई अस्पताल पुर्याइएको छ । १२ जनालाई भने घटना स्थलमै प्राथमिक उपचार गरेर घर पठाइएको थियो । हार्ट स्ट्रिटस्थित डान्स क्लासमा बालबालिकाहरूमाथि चक्कु प्रहारको घटनामा १७ वर्षको किशोरलाई पक्राउ गरिएको छ । केहीले भने सो घटनालाई इस्लामीहरूसँग जोडेका छन् । तर ती किशोरको इस्लाम धर्मसँग कुनै सम्बन्ध पुष्टि भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण