केरलाको वायनाडमा पहिरो : मर्नेको सङ्ख्या १५६ पुग्यो, सय जना बेपत्ता
बुधबार, १६ साउन २०८१, ११ : २०
नयाँदिल्ली । भारतको केरला राज्यको वायनाड जिल्लामा मङ्गलवार मध्यराति आएको पहिरोले हाहाकार मच्चाएको छ । सारा गाउँ सुतेको समयमा झन्डै २२ हजार जनसङ्ख्या भएको ४ ओटा गाउँ ४ घण्टामै ध्वस्त भयो । घरहरू पुरिए, सयौँ मानिस पहिरोमा बेपत्ता भए । अहिलेसम्म पहिरो खोस्रिएर १५६ जनाको शव बाहिर निकालिएको छ ।
सय जना अझै बेपत्ता भएको बताइएको छ । केही शव नदीमा बगिरहेको देखिएको भन्दै समाचारहरू आएका छन् । वर्षा जारी रहँदा राहत र उद्धार कार्यमा समस्या आइरहेको छ । १ बजेदेखि ५ बजेसम्म चार घण्टाको बिचमा तीन ठाउँबाट पहिरो खसेको थियो ।
मौसम विभागले वायनाडसमेत आसपासको जिल्लामा वर्षासम्बन्धी रेड अलर्ट जारी गरेको छ । जसका कारण हेलिकप्टर उड्न पाइरहेको छैन । जमिनबाटै पहिरो खनेर शव निकाल्ने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण