राज्य व्यवस्था तथा सुशासन समिति बैठक
आईजीपी बसन्त कुँवरले भने– एआईजी ज्ञवालीमाथि छानबिन गर्दैछौँ
बुधबार, १६ साउन २०८१, १३ : ५२
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख श्याम ज्ञवालीमाथि छानबिन थालिएको बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै कुँवरले तालुक तहका कार्यालयबाट आएका निवेदनका आधारमा छानबिन भइरहेको बताए ।
ज्ञवालीमाथिको अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन अघि बढाएको छ । ज्ञवालीमाथि यसअघिका गृहमन्त्री रवि लामिछानेलाई सहज हुने गरी काम गरेको आरोप लगाइएको छ ।
आइजीपी कुँवरले आन्तरिक रूपमा छानबिन भइरहेकोले सबै कुरा बताउन नमिल्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण