कटारी अस्पताल ५० शय्यामा स्तरोन्नति, प्रदेशलाई हस्तान्तरणको लागि संघीय सरकारले दियो स्वीकृती
विराटनगर । उदयपुरको कटारीमा सञ्चालित नगर अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै कोशी प्रदेश सरकारलाई हस्तान्तरण गर्नको लागि संघीय सरकारबाट स्वीकृत प्रदान भएको छ ।
कटारी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न केही दिन अगाडि बसेको मन्त्रीपरिषद् बैठकले स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो ।
अस्पताल सञ्चालनको लागि आर्थिक दायित्व र कर्मचारी व्यवस्थापन भने प्रदेश सरकारले व्यहेर्नुपर्ने उल्लेख छ ।
५० शय्यामा प्रादेशिक अस्पतालमा स्तरोन्नति भई प्रदेश सरकारलाई संघीय सरकारबाट पनि हस्तान्तरणको लागि स्वीकृत प्रदान भएर आएकोले यस क्षेत्रका बिरामीलाई उपचारमा सहज हुने सो क्षेत्रका प्रदेश सांसद तथा निवर्तमान कृषि, उद्योग तथा सहकारीमन्त्री रामकुमार खत्रीले बताए । सांसद जितेदेखि नै कटारी अस्पताललाई ५० शय्यामा बिस्तार गरी उपचारमा सहजता प्रदान गर्ने उनले बताए । चुनावी अभियानकै वाचाअनुसार जनतालाई सहज स्वास्थ्य सेवा दिने अठोटका साथ लागि परेर अस्पताललाई स्तरोन्नति गर्न सफल भएको खत्रीले बताए ।
कटारी क्षेत्रवासी जनताको सहज स्वास्थ्य पहुँच विस्तार गर्न कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा लानुपर्ने आवश्यकता रहेकाले यो निर्णय गरिएको खत्रीको भनाइ छ । सेवा विस्तार गरी आम नागरिकले स्वास्थ्य सेवा घरनजिकको अस्पतालमा पाउन सके केही हदसम्म राम्रो हुन्थ्यो भन्ने लागेर कटारी अस्पताललाई प्रादेशिक बनाउन लागि परेको उनले बताए ।
प्रादेशिक अस्पताल भएपछि कटारीबासीका लागि मात्र सेवा लिने अस्पताल नभई छिमेकी जिल्लाहरू सिन्धुली, सोलुखुम्बु, ओखलढुंगा र खोटाङका आधा भूभाग र सिराहासम्मका स्थानीयले सेवा लिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण