केन्द्रीय कमिटीलाई पूर्णता दिन एकीकृत समाजवादीद्वारा कार्यदल गठन
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीलाई पूर्णता दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो ।
बैठकका निर्णयबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललाई केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि अन्तिम गृहकार्य जिम्मेवारी प्रदान गरेको बताए । उनले कार्यदलले १८ गते बस्ने बैठकमा आफ्नो प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको पनि बताए ।
उनले भने, ‘आजको केन्द्रीय कमिटीको बैठकले हाम्रो केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि अन्तिम गृहकार्य गर्नेगरी र बैठकमा प्रस्तुत गर्नेगरी पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ । १८ गते बस्ने बैठकमा उहाँहरूले आफ्नो प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।’
असार १६ गतेदेखि काठमाडौँमा भएको महाधिवेशनले १० दिनभित्रमा पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने भनेपनि अहिलेसम्म टुंगिएको छैन । साउन १८ गते बस्ने बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण