लुम्बिनी विकास कोषमा तालाबन्दी
बिहीबार, १७ साउन २०८१, १४ : १६
बुटवल । लुम्बिनी विकास कोषको कार्यालयमा तालाबन्दी गरिएको छ । 'लुम्बिनी बचाऊ सङ्घर्ष समिति'को अगुवाइमा कोषका कोषाध्यक्ष, सदस्य सचिव, पुरातत्त्व महाशाखा र सङ्ग्रहालयमा तालाबन्दी गरेको सङ्घर्ष समितिका संयोजक अक्रम खानले रातोपाटीलाई बताए ।
उनले कोषको आम्दानीको ५० प्रतिशत स्थानीय तहलाई दिनुपर्ने, कोषमा नियुक्त गरिने पदाधिकारी स्थानीय हुनुपर्ने लगायत माग राख्दै लुम्बिनी विकास कोषमा तालाबन्दी गरिएको जानकारी दिए ।
यसअघि आफूहरूले १२ बुँदे सहमति गरे पनि त्यो सहमति कार्यान्वयन नभएको बताए ।
सङ्घर्ष समितिले पदाधिकारीसँगै कर्मचारी भर्ना गर्दा पनि स्थानीयलाई प्राथमिकता दिइनुपर्ने, सङ्घीयताको मर्म अनुरूप लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख, प्रदेश सभा सदस्यलगायत सङ्घीय सांसद लुम्बिनी विकास कोषको पदेन सदस्य बनाउनुपर्ने माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण