बीआइबी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सुरु (तस्बिरहरु)
काठमाडौँ । सातौँ संस्करणको बीआइबी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सुरु भएको छ । कुल १६ विद्यालयको सहभागिता रहने उक्त प्रतियोगिता आजदेखि काठमाडौँको बौद्ध इन्टरनेशनल स्कुलमा सुरु भएको हो ।
‘खेलकुदलाई सामान्य रूपमा शारीरिक स्वास्थ्यसँग मात्रै नजोडेर यसलाई संस्कारको रूपमा स्थापित गर्नका लागि हामीले बास्केटबल प्रतियोगिता आयोजना गरेका हौँ । काठमाडौँ उपत्यकामा रहेका विभिन्न स्कुलहरूलाई एकत्रित गरेर खेलकुद मार्फत सबैलाई जोड्नका लागि पनि यो प्रतियोगिता आयोजना गर्दै आएका छौँ’ बौद्ध इन्टरनेशनलका सहप्राध्यापक दीपेश महर्जनले रातोपाटीलाई बताए ।
_tVPeUfm7Bh.jpg)
यो संस्करणको बास्केटबल प्रतियोगितामा छात्रतर्फ १२ र छात्रातर्फ १० नयाँ टिम सहभागी हुने भएका छन् । यस वर्ष कुल १६ छात्र र १५ छात्रा समूहले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
‘यो प्रतियोगिताका विजेताले ट्रफी, मेडल र सर्टिफिकेट पाउनेछन् । यो प्रतियोगिता विद्यार्थीका लागि आफ्नो क्षमता प्रस्फुटन र प्रदर्शन गर्ने एउटा मौकाको रूपमा हामीले लिएका छौँ । विभिन्न विद्यालयबिच हुने प्रतिष्पर्धाले उनीहरुले थप अनुभव पाउँछन् र त्यसैलाई प्रयोग गर्दै उनीहरुले पछि राष्ट्रिय स्तरको खेल तथा समूहमा समेत आफ्नो उपस्थिति जनाउन सक्छन्’ खेल प्रशिक्षक सुब्रत राजोपाध्यायले रातोपाटीलाई बताए ।
_qSSFfXS2k0.jpg)
_OyE9S6LKVS.jpg)
_tlSPovCG0f.jpg)
_fQp35YnXAQ.jpg)
_Gd6tZdfZc6.jpg)
_ke812jdUGw.jpg)
_l9opZZ2AfK.jpg)
_Vw0X4El3gr.jpg)
_Ku6H4YqVSy.jpg)
_ic40HgVGge.jpg)
_nVX8Zfollu.jpg)
_GQ6gjAncb6.jpg)
_h82rWzWdKy.jpg)
_vVDdzipAzz.jpg)
_UfamkES5eQ.jpg)
_bWFEF0JpBn.jpg)
_ASGZUWS1OR.jpg)
_N5ezKuLnlF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण