सलमान खानलाई मार्न २० लाख भारु सुपारी
नयाँ दिल्ली । गएको अप्रिलमा बलिउड अभिनेता सलमान खानको घरमा गोलीबारी भयो । त्यसयता सो घटनाबारे नयाँ नयाँ खुलासा भइरहेका छन् ।
मोटरसाइकलमा आएका दुई व्यक्तिले जुलाई १४ को बिहानै बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्टमा कयौँ राउन्ड गोली चलाए । मुम्बई पुलिसले यस मामिलामा पत्याउनै नसक्ने खुलासा गरेको छ ।
प्रहरीका अनुसार ग्याङ्गस्टर लरेन्स विश्नोईले सलमान खानलाई मार्न २० लाख भारुको सुपारी दिएका थिए । यो कामका लागि उनले ६ जना गुन्डा पठाएका थिए ।
सलमान खानको घरमा गोलीबारी मामिलामा प्रहरीले कयौँ संदिग्धलाई समातेको छ । यस मामिलामा छानबिन चलिरहेको छ ।
लरेन्स विश्नोईले सलमान खानलाई मार्न २० लाख भारु सुपारी दिएको मुम्बई प्रहरीको क्राइम ब्रान्चको आरोप पत्रबाट खुलासा भएको हो । मुम्बईको एक अदालतले हालै ग्याङ स्टार लरेन्स विश्नोईका भाइ अनमोल विश्नोई र उनको गिरोहका अर्का सदस्य रोहित गोधेराका लागि गैर जमानती पुर्जी (एनबीडब्ल्यू) जारी गरेको गरेको थियो ।
यस मामिलामा आरोपपत्रमा नाम आएपछि अनमोल र रोहित दुवै फरार छन् । यही जुलाई २७ मा विशेष न्यायाधीश बी.डी.शेल्केले यी दुईको गिरफ्तारीमा स्थायी गैरजमानती पुर्जी जारी गरेका थिए ।
सलमानलाई मार्नुअघि यसरी गोली हान्नु भनेर लरेन्श विश्नोईले सो मूल्यको सुपारी दिइएका गुन्डाहरूलाई ९ मिनेटसम्म व्याख्या गरेको खुलासा पनि आरोप पत्रबाट भएको थियो । सलमानको घरमा गोली प्रहारको घटनामा समातिएका दुई जना अभियुक्तले विश्नोई गिरोहमा संलग्नता स्वीकार गरेका छन् ।
आफूहरू क्यानडामा रहेका ग्याङ्स्टर लरेन्स विश्नोईका भाइ अनमोल र रोहित गोधराको सम्पर्कमा रहेको पनि उनीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण