अर्थमन्त्री पौडेलले भने– गभर्नरलाई यो गर, त्यो नगर भन्न मिल्दैन
काठमाडौँ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको आरोपको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अस्वीकार गरेका छन् । शुक्रबारको अर्थ समितिको बैठकमा सत्ता साझेदार दलका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नै घुमाउरो पारामा राष्ट्र बैंकमाथि अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयको दबाब परेको बताए पछि अर्थमन्त्री पौडेलले यसको बचाउ गरेका हुन् ।
बैठकमा पूर्वअर्थमन्त्री महतले सरकारकै दबाबमा गभर्नरले अनावश्यक खुकुलो मौद्रिक नीति ल्याएको बताएका थिए । डा. महतले अर्थमन्त्री पौडेललाई व्यङ्ग्य समेत गर्दै वर्तमान अर्थमन्त्री र गभर्नर महाप्रसाद अधिकारीको ट्युनिङ मिलेको बताएका थिए ।
तर, प्रतिउत्तरमा अर्थमन्त्री पौडेलले यो वा त्यो मुद्दामा नभई सरकारको नीति अनुसार आर्थिक गतिशीलताका लागि स्वच्छ नियतका साथ ट्युनिङ मिल्नु राम्रो रहेको बताए । ‘सरकारले गभर्नर वा राष्ट्र बैंकमाथि यो गर, त्यो गर भन्न मिल्दैन । तर राम्रो काम र मुद्दामा ट्युनिङ मिल्नु राम्रो हो,’ उनले भने ।
सार्वजनिक ऋण र खर्चको सवालमा सरकार अत्यन्त अनुशासित हुने अर्थमन्त्री पौडेलले प्रतिबद्धता जनाए ।
‘हाम्रो आवश्यकता हामी आफैले पहिचान गर्ने हो, ऋण तथा आर्थिक सहायता हामीले उपलब्धिमूलक क्षेत्रमा लगाउनुपर्नेछ,’ अर्थमन्त्री पौडेलले भने, ‘माननीय वर्षमान पुनले बजेट ल्याउनुभयो कार्यान्वयन मैले गर्दैछु, अध्ययन, नभएका र स्रोत सुनिश्चितता नभएका परियोजनाहरू कार्यान्वयन गर्न गाह्रो छ । बजेट कार्यान्वयनको सन्दर्भमा चालू परियोजना तोकिएकै समयमा सम्पन्न गर्ने प्रधानमन्त्रीज्यूको निर्देशन रहेको र सोही अनुसार सरकार अघि बढेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण