केन्द्रीय कमिटीको बैठक
३४४ जनाको बन्यो एकीकृत समाजवादीको केन्द्रीय कमिटी
शुक्रबार, १८ साउन २०८१, १८ : ५७

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ३४४ जानको केन्द्रीय कमिटी बनाएको छ ।
शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले उक्त सङ्ख्याको केन्द्रीय कमिटी घोषणा गरेको सो पार्टीको प्रचार विभागले जनाएको छ । यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको एकीकृत समाजवादीले सङ्ख्या बढाएर घोषणा गरेको हो ।
साउन १६ गते बसेको पार्टी बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको सङ्ख्या, नाम र मनोनयका बारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेका थिए । गृहकार्यपछि शुक्रबारको बैठकमा केन्द्रीय कमिटीलाई पुर्णता दिएको घोषणा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी नीतिले समस्यामा बाँसजन्य स्वदेशी उद्योग, के चाहन्छन् उद्योगी ?
-
आसेपासे पूँजीवादसँग मेरो चिनजान छैन : प्रधानमन्त्री
-
लाराले भने, ‘विराटले अहिले नै टेस्ट क्रिकेटबाट संन्यास लिन हुँदैन’
-
भ्रष्टाचारको मुहान बन्द गर्न कार्यकारी निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक : प्रचण्ड
-
किन गरिँदैछ सलमानलाई बहिष्कार गर्न माग ?
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट : डीएभी सुशिल केडिया फाइनलमा प्रवेश