महराले हटाएको मुख्यमन्त्री सम्पर्क कार्यालय आचार्यले ब्युँताए
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलको सम्पर्क कार्यालय तथा निवास पुनः सञ्चालनमा ल्याएका छन् । बुटवल उपमहानगरपालिका ८ स्थित आन्तरिक राजश्व कार्यालयको भवनमा ०७४ सालदेखि रहेको मुख्यमन्त्री सम्पर्क कार्यालयलाई यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए ।
दाङको देउखुरीस्थित स्थायी राजधानीमा सबै मन्त्रालयहरू लगिए पनि पहिले बुटवलमा रहेका धेरै कार्यालयसँगको नियमित सम्पर्क तथा कार्यसम्पादनमा सहजता ल्याउन बुटवलमा कार्यालय राखिएको थियो ।
बुटवलमा प्रदेश प्रमुखको कार्यालय पनि रहेको र अन्य धेरै सरकारी कार्यालयसँगको समन्वयमा काम गर्नुपर्ने हुँदा बुटवलमा सम्पर्क कार्यालय राखिएको मुख्यमन्त्री आचार्यको निजी सचिवालयले जनाएको छ ।
सचिवालयले मुख्यमन्त्री आचार्य हरेक शुक्रबार बुटवलमा आउने समेत बताएको छ ।
यसअघि सम्पर्क कार्यालय राखेको विषयमा आलोचना भएपछि सरकारले हटाएको थियो । यद्यपि हरेक पटक बुटवलमा मुख्यमन्त्री आउँदा होटलमा बस्नुपर्ने, सचिवालयसहित सुरक्षा टोली बस्दा धेरै खर्च हुने हुँदा सम्पर्क कार्यालयको व्यवस्था गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण