पेरिस ओलम्पिक : चीन शीर्ष स्थानमा कायमै, दोस्रो स्थानमा उक्लियो अमेरिका
पेरिस । फ्रान्सको राजधानी पेरिसमा जारी सन् २०२४ को ओलम्पिकको पदक तालिकामा चीनले शीर्ष स्थानमा अग्रता कायम राखेको छ । चीन १६ स्वर्णसहित पहिलो स्थानमा रहेको हो ।
टोलीले कूल ३७ पदक जितेको छ । यसमा १२ रजत र ९ कांस्य पदक समावेश छन् । शनिबारको खेलपछि अमेरिका दोस्रो स्थानमा उक्लिएको छ । अमेरिकाले कूल ६१ पदक जितेको छ । यसमा १४ स्वर्ण, २४ रजत र २३ कांस्य पदक रहेका छन् ।
शुक्रबारको खेल सकिँदा दोस्रो स्थानमा रहेको आयोजक फ्रान्स तेस्रो स्थानमा खस्किएको छ । फ्रान्सले शनिबार एक स्वर्ण पदक थप गर्यो । टोलीले हालसम्म ४१ वटा पदक जितेको छ । यसमा १२ स्वर्ण, १४ रजत र १५ कांस्य पदक छन् ।
चौथो स्थानमा रहेको अस्ट्रेलियाले पनि १२ स्वर्ण जितेको छ । कूल २७ पदक हात पारेको टोलीले ८ रजत र ७ कांस्य पदक जितेको छ ।
पाँचौँ स्थानमा बेलायत रहेको छ । बेलायतले १० स्वर्णसहित १० रजत र १३ कांस्य पदक जित्न सफल भएको छ । टोलीले कूल ३३ वटा पदक जितिसकेको छ ।
शीर्ष १० स्थानमा क्रमशः दक्षिण कोरिया (९ स्वर्ण), जापान (८ स्वर्ण), इटाली (६ स्वर्ण), नेदरल्यान्ड्स (६ स्वर्ण) र क्यानडा (४ स्वर्ण) रहेका छन् ।
छिमेकी राष्ट्र भारतले पनि हालसम्म ३ वटा कांस्य पदक मात्र जित्न सकेको छ । भारत ५४ औँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण