पेरिस ओलम्पिक : चीन शीर्ष स्थानमा कायमै, दोस्रो स्थानमा उक्लियो अमेरिका

पेरिस । फ्रान्सको राजधानी पेरिसमा जारी सन् २०२४ को ओलम्पिकको पदक तालिकामा चीनले शीर्ष स्थानमा अग्रता कायम राखेको छ । चीन १६ स्वर्णसहित पहिलो स्थानमा रहेको हो ।
टोलीले कूल ३७ पदक जितेको छ । यसमा १२ रजत र ९ कांस्य पदक समावेश छन् । शनिबारको खेलपछि अमेरिका दोस्रो स्थानमा उक्लिएको छ । अमेरिकाले कूल ६१ पदक जितेको छ । यसमा १४ स्वर्ण, २४ रजत र २३ कांस्य पदक रहेका छन् ।
शुक्रबारको खेल सकिँदा दोस्रो स्थानमा रहेको आयोजक फ्रान्स तेस्रो स्थानमा खस्किएको छ । फ्रान्सले शनिबार एक स्वर्ण पदक थप गर्यो । टोलीले हालसम्म ४१ वटा पदक जितेको छ । यसमा १२ स्वर्ण, १४ रजत र १५ कांस्य पदक छन् ।
चौथो स्थानमा रहेको अस्ट्रेलियाले पनि १२ स्वर्ण जितेको छ । कूल २७ पदक हात पारेको टोलीले ८ रजत र ७ कांस्य पदक जितेको छ ।
पाँचौँ स्थानमा बेलायत रहेको छ । बेलायतले १० स्वर्णसहित १० रजत र १३ कांस्य पदक जित्न सफल भएको छ । टोलीले कूल ३३ वटा पदक जितिसकेको छ ।
शीर्ष १० स्थानमा क्रमशः दक्षिण कोरिया (९ स्वर्ण), जापान (८ स्वर्ण), इटाली (६ स्वर्ण), नेदरल्यान्ड्स (६ स्वर्ण) र क्यानडा (४ स्वर्ण) रहेका छन् ।
छिमेकी राष्ट्र भारतले पनि हालसम्म ३ वटा कांस्य पदक मात्र जित्न सकेको छ । भारत ५४ औँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्ससँग हारको बदला लिएको नेपालको फाइनल पुग्ने सम्भावना बलियो
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार