२०२० को निर्वाचनमा हस्तक्षेप मामिलामा ट्रम्पमाथिको मुद्दा खारेज गर्न अस्वीकार
वासिङ्टन डीसी । सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको भन्दै पूर्व राष्ट्रपति ट्रम्पमाथि परेको मुद्दा खारेज गर्न अस्वीकार गरिएको छ ।
ट्रम्पका वकिलहरूको टोलीले पूर्वराष्ट्रपतिलाई प्रतिशोध साँधेर अनि राजनीतिक रिसिइबीका कारण मुद्दा हालेको भनेर ठोस प्रमाण पेस गर्न नसकेको यो मुद्दा हेरिरहेकी अमेरिकी जिल्ला न्यायाधीश तान्या चक्टनले भनेकी छिन् ।
ट्रम्पमाथि जो बाइडेनले जितेको अघिल्लो पटकको राष्ट्रपतिको निर्वाचनको चुनावी नतिजालाई उल्ट्याउन हतकन्डा अपनाएको आरोप लागेको छ । तर उनले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।
आफूले कुनै गलत काम नगरेको अनि आफूविरुद्ध सो मुद्दा हाल्नमा बाइडेन प्रशासनको हात रहेको उनको भनाई छ । सर्वोच्च अदालतले केही अघि पूर्वराष्ट्रपति भएको नाताले केही फैजदारी मुद्दामा ट्रम्पले राहत पाउने फैसला गरेपछि शुक्रबार यो मुद्दा पुनः वासिङ्टन डीसीको संघीय अदालतमा फर्किएको छ ।
उक्त चुनावी नतिजामाथि प्रश्न उठाउने अरू कयौँलाई छाडेर ट्रम्पलाई मात्रै निशाना बनाइएको उनका वकिलहरूको दलिल थियो । ट्रम्पका राजनीतिक वैरीहरूले दोहोर्याएर ह्वाइट हाउसमा जाने उनको प्रयास रोक्न यो मुद्दा हालेको आरोप पनि उनीहरूले लगाएका छन् । तर चक्टनले भने उनीहरूको यी दुवै तर्कलाई अस्वीकार गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण