मध्य प्रदेशमा मन्दिर परिसरको पर्खाल भत्किएर किचिँदा ९ बालबालिकाको मृत्यु
मध्य प्रदेश । मध्य प्रदेशको सागर जिल्लाको शाहपुरमा मुसलधारे वर्षापछि मन्दिर परिसरको जर्जर भवनको एकापट्टिको पर्खाल भत्किएर किचिँदा नौ जना बालबालिकाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण पर्खाल भत्किएर सो यो दुर्घटना भएको बताइएको छ ।
घटना बिहान साढे आठ बजे भएको बताइएको छ । घटनाको जानकारी पाउनासाथ नगर प्रशासन र नगरपालिकाको टोलीले घटनास्थलमा पुगेर सर्वसाधारणको सहयोगमा भग्नावशेष हटाएका थिए ।
घटनाको समयमा ती बालबालिकाहरू मन्दिर परिसरमा रहेको टेन्टमा खेलिरहेका थिए । दुई बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो । बाँकी बालबालिकाको अस्पताल लैजाँदै गर्दा मृत्यु भयो । हालसम्म ९ बालबालिकाको मृत्यु भइसकेको छ ।
यस घटनामा घाइते भएका अन्य दुई बालबालिका सकुशल रहेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको बताइएको छ । मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले सामाजिक सञ्जालमा ट्विट गर्दै यस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारलाई चार/चार लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण