करिनाको फिल्मबाट बाहिरिए आयुष्मान खुराना
नयाँ दिल्ली । केही दिनअघि मात्रै बलिउड अभिनेता आयुष्मान खुराना करिना कपुरको ‘दायरा’ फिल्ममा देखिने चर्चा चलेको थियो । आलिया भटको फिल्म ‘राजी’ फेम निर्देशिका मेघना गुलजारले यो फिल्म बनाउन लागेको खबर पनि आएका थिए । तर अहिले भने फिल्मका लागि समय निकाल्न नसकेपछि आयुष्मान खुरानाले फिल्म छाडेको बताइएको छ ।
मिड–डेमा छापिएको खबरका अनुसार यो वर्षको दोस्रो अर्धवार्षिक अवधिमा अरु नै प्रोजेक्टमा व्यस्त भएपछि आयुष्मानले दायराबाट हात झिकेका हुन् । फिल्मलाई यही वर्षको अन्त्यमा फ्लोरमा लैजाने तयारी भइरहेको थियो । यति बेलातिर उनी अमेरिकामा म्युजिक टुरमा पनि जाँदैछन् । फिल्म र म्युजिक टूरका बाहेक पनि आयुष्मान सनी देओलको बोर्डर २ र अन्य दुई प्रोजेक्टमा पनि काम थाल्दैछन् ।
आयुष्मानको विकल्प खोज्दैछिन् मेघना
खबरका अनुसार आयुष्मानको हातमा कयौँ प्रोजेक्ट भएकोले उनलाई मेघनाको फिल्मका लागि समय निकाल्न मुस्किल छ । यसबारे अभिनेताले दायराको निर्माण टोलीलाई जानकारी दिइसकेको र मेघना फिल्ममा आयुष्मानको रिप्लेसमेन्टको खोजीमा रहेको बताइएको छ । यसअघि पिंकभिलाले आफ्नो रिपोर्टमा आयुष्मान खुराना र करिना कपूरले मेघना गुलजारको फिल्मको स्क्रिप्ट पढेको बताएको थियो । फिल्मको स्क्रिप्ट दुबैलाई निकै मन परेको सो समाचारमा भनिएको थियो ।
आयुष्मान खुरानाको आगामी फिल्म
वर्कफ्रन्टको कुरा गर्ने हो भने आयुष्मान खुरानाको हातमा यतिबेला आकाश कौशिकको जासूस–कमेडी फिल्म छ । यसलाई करण जोहर र गुनीत मोंगाले संयुक्त रुपमा निर्माण गर्नेछन् । यो फिल्ममा सारा अली खान मुख्य फिमेल लिड रहनेछिन् । यस बाहेक अभिनेताको हातमा हरर कमेडी फिल्ममा पनि छ । यो फिल्मको नाम भ्याम्पायर्स अफ विजयनगर हुनेछ । यो फिल्मलाई मुन्ज्या फेम निर्देशक आदित्य सरपोतदारले निर्देशन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण