संविधानको समावेशी चरित्रलाई बाधा नआउने गरी संविधान संशोधन गर्नुपर्छ : नेता कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधानको समावेशी चरित्रलाई परिवर्तन नगरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
आइतबार कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता कोइरालाले संविधानका उल्लेख भएको समावेशी चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । उनले राजनीतिक स्थायित्वको लागि कांग्रेस र नेकपा (एमाले) सम्मिलित सरकार बनेको भन्दै सरकारलाई मजबुत बनाउनुपर्ने धारणा राखे । उनले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्नुपर्ने बताए । मिश्रित निर्वाचन प्रणालीबाट कुनैपनि राजनीतिक दलको बहुमत नआउने भन्दै उनले दलहरूको बहुमत ल्याउन प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने बताए । उनले संविधान अनुरूप विभिन्न जातजातिको प्रतिनिधित्व भने सुनिश्चित गर्नुपर्ने बताए ।
नेता कोइरालाले सरकारले सुशासन कायम गर्नुपर्ने बताए । उनले भ्रष्टाचारमुक्त समाज बनाउने कुरालाई सरकारले नजरअन्दाज गर्न नमिल्ने पनि बताए । उनले संसद्का दुई ठुला दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा निरंकुशता जन्मिने आशंका सबैलाई रहेको भन्दै गलत कामको विरुद्ध आवाज उठाउँदा सही दिशामा अघि बढ्न सकिने बताए ।
नेता कोइरालाले कांग्रेस पार्टीलाई पुरानो अवस्थामा फर्काइछाड्ने बताए । उनले पार्टीलाई मजबुत बनाउनका लागि सक्रियतापूर्वक पार्टी काममा लाग्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण