पदाधिकारी बैठक
कांग्रेस बैठक : साउन २३ अघिनै विभाग प्रमुख तोक्नेबारे छलफल
सोमबार, २१ साउन २०८१, १५ : ०७
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा तीन विषयमा छलफल भएको छ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा बसेको पदाधिकारी बैठकमा मुख्यगरी तीनवटा विषयमा छलफल भएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार महासमिति बैठकले पारित गरेका दस्ताबेजहरूलाई अन्तिमरूप दिएर २३ गते बस्ने केन्द्रीय समिति बैठकमा पेस गर्ने, विभागहरू गठनका सम्बन्धमा २३ गतेअघि नै विभाग प्रमुख तोक्ने र अधिवेशन हुन नसकेका भ्रातृ संगठनको चुनाव ८१ साल चैतभित्र गर्नेगरी निर्देशक समिति बनाउनेबारे छलफल भएको छ ।
त्यसबाहेक समसामयिक राजनीतिका बारेमा समेत छलफल भएको नेता विश्वकर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण