विश्वकै अग्लो स्थानमा गल्फ प्रतियोगिता हुने
पोखरा । विश्वकै अग्लो दाबी गरिएको मुस्ताङ गल्फ कोर्समा तेस्रो संस्करणको प्रतिस्पर्धा हुने भएको छ । लोमान्थाङ गाउँपालिका ५ लोवथाङमा भदौ १ गते प्रतियोगिता हुन लागेको हो ।
सोमबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी गराइएको हो । ४ हजार ७ सय मिटर उचाइमा प्रतियोगिता गर्न लागिएको मुस्ताङ गल्फ कोर्सका निर्देशक इन्द्रधारा विष्टले जानकारी दिए । उनका अनुसार यो वर्ष झण्डै ६० एम्योचर गल्फरले सहभागिता जनाउँदै छन् ।
‘सँधै नेपाली गल्फर मात्रै हुन्थे । यो वर्षदेखि प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिएको छ,’ उनले भने, ‘भारत र अमेरिकाबाट गैरआवासीय नेपालीहरु सहभागी हुनेछन् ।’ मुस्ताङमा पर्यटनको विकास गर्नका लागि गल्फ प्रतियोगिताको परिकल्पना गरिएको विष्टले बताए । ‘अब ट्रेकिङ रुटहरु मासिँदै गएका छन् । हामी पनि अन्यत्र सिफ्ट हुनुपर्ने छ,’ उनले भने, ‘सबैभन्दा उत्तम विकल्प गल्फ हो भन्ने लागेर सुरुआत गरिएको छ ।’ उनले कोर्सलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज गराउन प्रयास भइरहेको सुनाए ।
‘जसरी आन्तरिक तथा बाह्य पर्यटकहरु रोजाई अहिले लुम्बिनी र सगरमाथा पर्छ त्यस्तै गरी मुस्ताङ गल्फ कोर्सले परिचय थप्छ भन्ने विश्वास हामीलाई छ,’ उनी भन्छन्, ‘खेलकुदबाट पनि नेपालको प्रचार अन्तर्राष्ट्रिय स्तरमा लैजान सकिन्छ । त्यसका लागि गिनिज बुकमा दर्ज गराउन लागिरहेका छौँ ।’ ३६० डिग्रीमा हिमाल देखिने लोवथाङलाई सरकारले प्रवर्द्धन गर्न सके विश्वका गल्फरको सपनाको गन्तव्य बनाउन सकिने विष्टको तर्क छ ।
तेस्रो संस्करणको प्रतियोगितामा महिला र पुरुष विधाका विजेता, उपविजेता, बेस्ट ग्रस, क्लोजेस्ट टू द पिन र लंगेस्ट ड्राइभको पुरस्कार छ । यस्तै, प्रतियोगिताका ‘होल इन वान’ लाई याक पुरस्कार प्रदान गर्ने उनले बताए । याकको मूल्य १ लाख रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण