‘बुलाकी’ को ट्रेलरमा नारीको पीडा
मङ्गलबार, २२ साउन २०८१, ०८ : १९
काठमाडौँ । फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक गरिएको छ । साउन ३२ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्मको ट्रेलरमा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्धमान जारी प्रथाको यथार्थ सामाजिक परिवेशलाई जोडिएको छ । ट्रेलर हेर्दा फिल्म नारीप्रधान रहेको बुझ्न सकिन्छ ।
लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा अभिनेत्री सुरक्षा पन्त, अभिनेता द्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्रीको मुख्य भूमिका रहेको छ ।
शिव ढकालको छायाङ्कन रहेको फिल्ममा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको अभिनय छ । यो फिल्मलाई काठमाडौँमा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण