जेलबाट रिहा हुने भइन् खालिदा जिया
मङ्गलबार, २२ साउन २०८१, ११ : ०८
ढाका । बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेर भागेपछि सेनाले अन्तरिम सरकार गठन गर्ने तयारी गरिरहेको छ । यसैबिच राष्ट्रपति शहाबुद्दिनले विपक्षी दलकी नेतृ खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन् । जिया रिहाई भएपछि मात्रै अन्तरिम सरकार गठन हुने बताइएको छ । जिया विपक्षी बङ्गलादेश नेशनलिष्ट पार्टी (बीएनपी)की प्रमुख हुन् ।
सन् १९९१ देखि १९९६ र सन् २००१ देखि २००६ को बिचमा उनी दुई पटक प्रधानमन्त्री थिइन् । सन् २०१८ यता जिया ढाकास्थित केन्द्रीय कारागारमा थुनामा छिन् । जियामाथि अहिले भ्रष्टाचार समेतका ३६ ओटा मुद्दा चलिरहेको छ । यसैबिच बंगलादेशमा प्रदर्शनकारीहरूले प्रधानन्यायाधीसको घरभित्र घुसेर तोडफोड गरेको खबर आएको छ । प्रदर्शनकारीहरूले त्यहाँबाट कार, फर्निचरको साथसाथै अनेकौँ घरायसी सामान लुटेर लगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण