त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीले ‘कु’ गरेको आरोप
_c6GhACeJ5h.jpg)
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका ७ विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा नीति तथा कार्यक्रम पेस गर्न नदिएको घटनाप्रति आपत्ति जनाउँदै प्रदर्शन गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय सभा (सिनेट) को बैठकमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिएर राजनीतिक हस्तक्षेप गरेको ती विद्यार्थी संगठनको निष्कर्ष छ । विद्यार्थीहरूले क्याम्पसको गेटमा प्लेकार्ड प्रदर्शन पनि गरेका छन् ।
केन्द्रीयस्तरबाट तय गरिएको कार्यक्रम अनुसार अखिल क्रान्तिकारीलगायतका विद्यार्थीले देशव्यापी रूपमा मङ्गलबार त्रिविका आंगिक क्याम्पसहरूमा संयुक्त विरोध ब्यानर राखेको हो । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको गेटमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम रोकेर विश्वविद्यालयको समग्र उन्नति एवं प्रगतिमा ‘कु’ गरेको आरोप लगाइएको छ ।
ती विद्यार्थी संगठनहरुले त्रिविको परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको विषयमा गठित छानविन समितिको प्रतिवेदन समेत कार्यान्वयन नगरेको र दोषीलाई कारबाही नगरिएको, विद्यालय शिक्षा विधेयक २०८० को मूल मर्मलाई तोडमोड गरिएको आरोप पनि लगाएका छन् । उनीहरुले शिक्षा विधेयक संसदबाट तत्काल पारित गरी लागू गर्न माग समेत गरेका छन् ।
आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुमा अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (समाजवादी), समाजवादी विद्यार्थी युनियन, नेपाल, नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल (छैटौँ) र अखिल नेपाल विद्यार्थी युनियन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र महासचिव बैद्यबिच भैरहवा विमानस्थलमा जम्काभेट
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद
-
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का
-
टिकटक ट्रेन्ड पछ्याउँदा छोरीलाई दुर्व्यवहार गरेकोमा दोषी ठहर भइन् आमा
-
पर्यटकीय गन्तव्य मौलाकालीमा ‘इला होटल’ तथा रिसोर्ट सञ्चालनमा
-
लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)