त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीले ‘कु’ गरेको आरोप
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका ७ विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा नीति तथा कार्यक्रम पेस गर्न नदिएको घटनाप्रति आपत्ति जनाउँदै प्रदर्शन गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय सभा (सिनेट) को बैठकमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिएर राजनीतिक हस्तक्षेप गरेको ती विद्यार्थी संगठनको निष्कर्ष छ । विद्यार्थीहरूले क्याम्पसको गेटमा प्लेकार्ड प्रदर्शन पनि गरेका छन् ।
केन्द्रीयस्तरबाट तय गरिएको कार्यक्रम अनुसार अखिल क्रान्तिकारीलगायतका विद्यार्थीले देशव्यापी रूपमा मङ्गलबार त्रिविका आंगिक क्याम्पसहरूमा संयुक्त विरोध ब्यानर राखेको हो । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको गेटमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम रोकेर विश्वविद्यालयको समग्र उन्नति एवं प्रगतिमा ‘कु’ गरेको आरोप लगाइएको छ ।
ती विद्यार्थी संगठनहरुले त्रिविको परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको विषयमा गठित छानविन समितिको प्रतिवेदन समेत कार्यान्वयन नगरेको र दोषीलाई कारबाही नगरिएको, विद्यालय शिक्षा विधेयक २०८० को मूल मर्मलाई तोडमोड गरिएको आरोप पनि लगाएका छन् । उनीहरुले शिक्षा विधेयक संसदबाट तत्काल पारित गरी लागू गर्न माग समेत गरेका छन् ।
आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुमा अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (समाजवादी), समाजवादी विद्यार्थी युनियन, नेपाल, नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल (छैटौँ) र अखिल नेपाल विद्यार्थी युनियन रहेका छन् ।
_ob01KtzbsV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण