बेलायतमा सुरक्षा सतर्कता अपनाउन नेपालीलाई दूतावासको आग्रह
लन्डन । बेलायतको पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै नेपाली दूतावास लन्डनले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै दूतावासले बेलायतमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो ।
दूतावासले भनेको छ, ‘बेलायतमा रहेका र बेलायत भ्रमण गर्न लागेका सबै नेपाली नागरिकलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध छ ।‘
यस्तै दूतावासले स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरू ध्यानपूर्वक पालना गर्न पनि अनुरोध गरेको छ ।
त्यस्तै, बेलायतस्थित नेपाली संघ सङ्गठनहरूलाई समेत आफ्नो संस्था–समुदायमार्फत नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन एवं समन्वय गर्न दूतावासले आह्वान गरेको छ ।
बेलायतमा विकसित वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको दूतावासको भनाइ छ । दूतावासले कुनै सहयोग आवश्यक परेमा टेलिफोन: 02072291594, 07404939274 र इमेल: [email protected], [email protected] सम्पर्क गर्न अनुरोध गरेको छ ।
बेलायतमा भएको आक्रमणबात तीन जना बालिकाको ज्यान गएपछि त्यहाँ कयौँ क्षेत्रमा शृङ्खलाबद्ध प्रदर्शन भइरहेका छन् । आप्रवासी विरोधी ‘इंग्लिस डिफेन्स लिग’ ले ठाउँठाउँमा प्रदर्शन गरेको छ भने उसको विरोधमा समेत काउन्टर प्रदर्शनहरू भइरहेका छन् । प्रदर्शनकै बहानामा कयौँ क्षेत्रमा चोरी र लुटपाट पनि हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण