ब्ल्याक प्यान्थर’की अभिनेत्रीको निधन
जोहानेसबर्ग । चर्चित मार्भल चलचित्र ‘ब्ल्याक प्यान्थर’ की अभिनेत्री कोनी चियुमेको निधन भएको छ । ७२ वर्षको उमेरमा दक्षिण अफ्रिकी भेटरान नायिकाको निधन भएको उनको परिवारले जानकारी दिएको हो ।
थुप्रै अवार्ड जितेकी चियुमे कयौँ दक्षिण अफ्रिकी टेलिभिजन शोको हिस्सा समेत रहेकी थिइन् । यसमा रिदम सिटी, जोन फोर्टिन, गोमोरा लगायत छन् ।
उनी शिक्षिकासमेत थिइन् तर उनी टेलिभिजन अभिनेत्रीका रूपमा चर्चित बनिन् । मंगलबार साँझ जोहानेसबर्गको अस्पतालमा उनको निधन भएको उनको परिवारद्वारा जारी संक्षिप्त विज्ञप्तिमा भनिएको छ ।
सन् २०१८ मा रिलिज भएको ब्ल्याक प्यान्थर चलचित्रमा उनी जावाभारीको भूमिकामा देखिएकी थिइन् । उनी वकान्डाको ट्राइबल काउन्सिलको सदस्य थिइन् ।
सन् २०२२ मा रिलिज भएको चलचित्रको दोस्रो संस्करणमा उनले फरेस्ट ह्वाइटटेकरको स्थानमा जुरीको भूमिकामा देखिएकी थिइन् । उनले बियोन्सेको द लायन किंगमा आधारित डिस्नी चलचित्रमा पनि काम गरेकी थिइन् ।
उनका चार सन्तान रहेका छन् । जसमा दुई छोरा र दुई छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण